image
image

शुभम् पावरको आईपीओमा आवेदन दिने आज अन्तिम

काठमाडौँ, २२, माघ । शुभम् पावर कम्पनीको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिनुपनर्ने छ ।

कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८८२ कित्ता आईपीओ निष्कासन गरेको हो ।

आयोजना प्रभावितले नकिनेको सेयर समेत थप गरेर कम्पनीले सर्वसाधारणका सेयर निष्कासन गरेको छ । ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएकोमा ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।