image
image

६ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन

काठमाडौँ, २२, माघ । भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

साउनदेखि पुससम्म ४० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा १७ करोड ३५ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिए ।

उनका अनुसार कार्यालयले चालु आवमा ७८ करोड ५० लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । आव २०७८/७९ मा लक्ष्यको ८५ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको एक सय ७६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

अधिकृत साहका अनुसार राजस्वमा बढी योगदान गर्ने वस्तुको आयात घट्दा राजस्व सङ्कलन प्रभावित भएको हो । आयात हुने वस्तुमा आलु, प्याज, कोइला, सख्खर, माछाको दाना, भेनियर र फर्मलडिहाइड छन्, भने धान र गहँुको आयात निर्यात बन्द छन् ।

आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने उनको भनाइ छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण लामो समय व्यापार व्यवसाय बन्द हुनु तथा जिल्लामा रहेका अन्य सात वटा छोटी भन्सार कार्यालय पनि बन्द हुँदा राजस्व सङ्कलन प्रभावित भएको भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।