एक लाख ७४ हजार ३०० ले पाए सुपरमादीको आईपीओ
काठमाडौँ, २३, माघ । सुपरमादी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । सोमबार बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा उक्त आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा एक करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि १२ लाख ९८ हजार ६९३ जनाले आवेदन दिएकोमा एक लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले आईपीओ हात पारेका छन् ।
कम्पनीले ३१ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १० लाख ५० हजार कित्ता, म्युचुअल फण्डलाई एक लाख पाँच हजार कित्ता, कम्पनीका कार्मचारीलाई ४२ हजार कित्ता र विदेशमा रोजगारी गर्न गएका नेपालीलाई दुई लाख १० हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरेको छ ।
त्यस्तैगरी कम्पनीले बाँकी रहेको १७ लाख ४३ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । उक्त आईपीओमा माघ ९ गतेदेखि १२ गतेसम्म आवेदन खुल्ला गरिएको थियो ।









