image
image

तरकारी तथा फलफूलको बजार भाउ

काठमाडौँ, २३, माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमवारको तरकारी तथा फलफुलको बजार भाउ तोकेको छ । 

जस अनुसार आज सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, हरियो अंगुर १६३ रुपैयाँ ३३ पैसा, अदुवा ९५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, आभोकाडो ३२५ रुपैयाँ, रातो आलु २६ रुपैयाँ, भारतीय रातो आलु २४ रुपैयाँ, सेतो आलु १९ रुपैयाँ ६७ पैसा, तराई काउली २० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, लोकल काक्रो ७५ रुपैयाँ, कागती १२६ रुपैयाँ ६७ पैसा, किनु १३० रुपैयाँ र किवि ३२५ रुपैयाँ तोकिएको छ । यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी २८३ रुपैयाँ ३३ पैसा, सुकेको खुर्सानी ४२५ रुपैयाँ, तराई गाजर १७ रुपैयाँ ५० पैसा, लोकल गाजर २२ रुपैयाँ ५० पैसा, गान्टे मूल ५६ रुपैयाँ ६७ पैसा, ठूलो गोलभेडा ४६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ४५ रुपैयाँ, चमसूरको साग ५६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ तोकिएको छ । 

यसैगरी जुनार प्रतिकेजी २६५ रुपैयाँ, टाटे सिमी ४६ रुपैयाँ६७ पैसा, तरुल ६६ रुपैयाँ ६७ पैसा, छडी ताजा माछा २५० रुपैयाँ, बचुवा माछा २६३ रुपैयाँ ३३ पैसा, रहु माछा ३६३ रुपैयाँ ३३ पैसा, तितो करेला ९६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैयाँ, निबुवा ६६ रुपैयाँ ६७ पैसा, पुदीना र पार्सले ४५० रुपैयाँ, पालूंगो साग ५६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, बकूला ६६ रुपैयाँ ६७ पैसा, बन्दा १७ रुपैयाँ ५० पैसा, बरेला ४६ रुपैयाँ ब्रोकाउली ३५ रुपैयाँ, मटरकोशा ५४ रुपैयाँ, भेडे खुर्सानी ५६ रुपैयाँ ६७ पैसा, रायोको साग ३५ रुपैयाँ, सुकेको चाइनिज लसुन १८६ रुपैयाँ ६७ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ८५ रुपैयाँ, सजिवन २७५ रुपैयाँ, सलगम ४६ रुपैयाँ ६७ पैसा, नेपाली सुन्तला १६३ रुपैयाँ ३३ पैसा, सेलरी २७५ रुपैयाँ, सौफको साग ५६ रुपैयाँ ६७ पैसा, स्कूस ४३ रुपैयाँ ३३ पैसा, स्ट्रबेरी भुईऐसेलु ३५० रुपैयाँ, ज्यापु काउली ४६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २७५ रुपैयाँ र हरियो धनियालाई ३६ पर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।