image
image

होटल दियालोले एक वर्षमा गर्यो ९ करोड ८० लाख रुपैयाँ आम्दानी

काठमाडौँ, २४, माघ । वीरगञ्जको आदर्शनगरमा रहेको होटल दियालोले एक वर्षमा ९ करोड ८० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ मा ५ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । साढे २ हेक्टर क्षेत्रफलमा फैलिएको होटलमा ६० वटा कोठासहित अन्य विभिन्न सेवा सुविधाको व्यवस्था छ ।

कम्पनीले ‘दियालो लर्ड प्लाजा’ ब्रान्डमा चार तारे होटल सञ्चालन गर्दै आएको छ । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६५ करोड रुपैयाँ अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा ८१ प्रतिशतले होटलको आम्दानी बढेको जनाएको छ । सन् २०२२ मा कार्यक्रम, समारोह र मेलाले गर्दा उच्च आम्दानी भएको उल्लेख छ । कम्पनीले सन् २०२२ मा ३३.३२ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा १९.८५ प्रतिशत नाफा कमाएको थियो ।

कम्पनीले सन् २०२२ को अक्टोबरदेखि क्यासिनो पनि सञ्चालनमा ल्याएको छ । उक्त क्यासिनो सञ्चालन ल्याएसँगै होटलमा आउने ग्राहक बढ्न गई आगामी दिनमा आम्दानी उच्च हुने कम्पनीको दाबी छ ।

कम्पनीअनुसार होटलमा ६० कोठासहित स्पा, एफ एण्ड बी सर्भिस, एनिमिटिस, कन्फेरेन्स होटल, क्यासिनो र अन्य विभिन्न प्रकारका सुविधा उपलब्ध रहेको छ । कोरोना महामारीका कारण व्यापारमा निकै असर पुगेको थियो । तर, काभिडपछि पर्यटकहरुको आगामन बढ्दा व्यापार बढेको र नाफा कमाउन सकेको कम्पनीको भनाइ छ ।

सुनिलकुमार रुङ्गटा अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेको कम्पनीमा विशाल पटवारी निर्देशक हुन् । विगत एक दशकदेखि लर्ड इन होटल र डेभलपर्स लिमिटेड (लर्ड) सँग सम्झौता गरेर ‘दियालो लर्ड प्लाजा’ ब्रान्डमा होटल सञ्चालन गर्दै आएको छ । भारत र नेपाल गरी ४० वटाभन्दा बढी स्थानमा लर्ड होटल एण्ड रिसोर्ट सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।