image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

 काठमाडौँ, २५, माघ । नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ।

बुधबार अमेरिकी डलरमा सामान्य परिवर्तन आएको छ । आज अमेरिकी डलर एकको खरिददर बुधबार १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य  १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो। 

युरोपियन युरो आज एक रुपैयाँ ६८ पैसाले उकालो लागेर यसको खरिदमूल्य १४१ रूपैयाँ ४६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ११ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर १४२ रूपैयाँ १५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७९ पैसामा कारोबार भएको थियो । 

यस्तै, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसामा काराेबार भएकाे थियाे । 

त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य ५२ पैसाले उकालो लागेर यसको खरिदमूल्य ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ र बिक्रीमा ९१ रूपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।

बुधबार क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८२ पैसा तोकिएको छ।

यसैयरी कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ११ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ।

यस्तै, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ २० पैसा र बिक्रीदर ३५१ रूपैयाँ ७९ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।