image
image

शेयर बजार ७ अङ्कले घट्यो, ३ अर्ब ६९ करोड रुपैयाँको कारोबार

काठमाडौँ, २५, माघ । हिजो मङ्गलवार उच्च अङ्कले बढेको शेयर बजार आज बुधवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १९ विन्दुमा झरेको छ ।

आज अन्यबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ५७ वटा कम्पनीका एक करोड पाँच लाख दुई हजार कित्ता शेयर तीन अर्ब ६९ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै आदर्श लघुवित्त र पोखरा फाइनान्सको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि तेह्रथुम पावर कम्पनी र धौलागिरि लघुवित्त कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।