image
image

सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा ११ करोड भन्दा बढी

काठमाडौँ, २५, माघ । सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा २३.६३% ले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअधिमा सानिमाले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा जीवन बिमा कोषको आकार ४४.३८% ले बढेर ४ अर्ब ८ करोड ५३ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

यता, खुद बिमा शुल्क आर्जन ०.८५% ले मात्र बढेर १ अर्ब १७ करोड २० लाख रुपैयाँ पुगेको छ । सानिमाका रिजर्भ कोष ८.०२% ले बढेर ३५ करोड ९० लाख रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ६२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १२० रुपैयाँ १९ पैसा छ । हाल यो इन्सुरेन्स रिलायन्स लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।