image
image

नेप्सेमा दोहोरो अंकको वृद्धि, दुई अर्बभन्दा बढीको सेयर कारोबार

 

काठमाडौँ, २६, माघ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२.४३ अंक बढेर बन्द भएको छ । आज नेप्से बढेर २१८२.६१ विन्दुमा पुगेको छ भने दुई अर्ब ६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अन्तिम चरणमा पुगेकाले पनि लगानीकर्ताहरू सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले सम्भवतः शुक्रबार नै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।

सेयर बजारमा लगाइएको ४/१२ को क्यापमा संशोधन हुने हल्लाले गर्दा पनि बजारमा सकारात्मकता देखिएको हो । आज बाराही लघुवित्तको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ६२७ रुपैयाँ कायम भएको छ ।

यसदिन सर्वाधिक रुपैयाँको सेयर खरिद–बिक्री अपि पावर कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको पाँच करोड ८६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । २५७ धितोपत्रको ५६ लाख ४८ हजार २१२ कित्ता खरिद–बिक्री भएको छ ।

यसदिन म्युचुअल फन्ड समूहको बाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ । म्युचुलअ फण्ड समूहको परिसूचक ०.१६ अंकले घटेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।