image
image

एकैदिन तोलामा १३ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ, २७, माघ । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला १३ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख चार हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।