image
image

नेसनल लाइफ खुद नाफा आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड भन्दा बढी

काठमाडौँ, २७, माघ । नेसनल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ७३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ५७.७०% ले वृद्धि गरेको हो । नेसनल लाइफको खुद बिमा शुल्क आम्दानी १०.८४% ले बढेर ७ अर्ब ५३ करोड ४७ लाख २१ हजार रुपैयाँ पुगेको छ । यता, लगानी, कर्जा तथा अन्य आम्दानी पनि १९.५२% ले बढेर २२ करोड ९४ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सुधार भएको देखिन्छ ।

नेसनल लाइफको जीवन बिमा कोषको आकार पनि १८.९५% ले बढेर ५६ अर्ब भन्दा माथि पुगेको छ । रिजर्भ कोषमा भने ७३.६७% गिरावट आएर पुस मसान्तसम्ममा २६ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८० पैसा र प्रतिससेयर नेटवर्थ ११३ रुपैयाँ ७६ पैसा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।