image
image

नेपाल टेलिकमको खुद नाफा ४ अर्ब भन्दा बढि

काठमाडौँ, २९, माघ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ९.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। दोस्रो त्रैमाससम्म कम्पनीको कुल आय पनि ०.५१ प्रतिशतले वृद्धि भएर २२ अर्ब १० करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म कुल आय २१ करोड ९८ लाख रुपैयाँ रहेको थियो।

गत वर्ष यही अवधिसम्म कम्पनीको कुल सञ्चालन आय रु. १९ अर्ब २० करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म ५.८८ प्रतिशतले घटेर १८ अर्ब ७ करोड रुपैयाँ भएको छ।  गत वर्ष दोस्रो त्रैमासमा ईबीआईटीडीए ९ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ९.१६ प्रतिशतले बढेर १० अर्ब २४ करोड रुपैयाँ भएको छ। 

चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार घटेर ७४ अर्ब ३२ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा ७७ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ४७.२८ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस ४३.३१ रुपैयाँ थियो। पीई रेसियो १८.२७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२.९२ रुपैयाँ रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।