image
image

तोलामा चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ, २९, माघ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४०० ले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ थियो । जुन, आज आइतबार ४०० ले बढेर कारोबार सुरु भएको हो । आज, तेजाबी सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १ हजार २९५ रुपैयाँ छ । गत शुक्रबार यसको मूल्य १ हजार २९० रुपैयाँ प्रतितोला थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।