image
image

फागुन १ गते राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी बोलकबोल गर्ने

काठमाडौँ, २९, माघ । नेपाल राष्ट्र बैंकले यहीँ आउँदो फागुन १ गते १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा कुल १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

यद्यपि, कूल रकम मध्ये ८ अर्ब रुपैयाँ यसअघि कै ट्रेजरीको नवीकरण गरी बाँकी रहेको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बैंकले थप नयाँ जारी गर्ने भएको हो । 

फागुन १ गते सोमबार बोलकबोल हुने ट्रेजरीको बिक्री फागुन २ गते मंगलबार हुने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले तोकिएको समय (फागुन १ गते, दिउँसो ३ बजेभित्र) अनलाइन आवेदन दिन सक्नेछन् । 

बैंकले कूल ट्रेजरी मध्ये ८५ प्रतिशत सामुहिक प्रतिस्पर्धामा र बाँकी १५ प्रतिशत विनाप्रतिस्पर्धामा बिक्री गरिने जनाएको छ । इच्छुक सहभागिले दुबै प्रकृयामा भाग लिन पाउनेछन् । 

यसअघि राष्ट्र बैंकले माघ २३ गते १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।