image
image

बजेटको आकार दुई खर्ब ४४ अर्बले घट्यो

काठमाडौँ, २९, माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार प्रतिनिधि सभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिएका हुन्।

चालु आर्थिक वर्षमा कूल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने अनुमान रहेकोमा त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ। बजेटको आधार १४ प्रतिशतले घटाइएको हो।

चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड बराबर शुरुआति विनियोजन थियो। त्यसलाई घटाएर १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ। जुन शुरुआति विनियोजनको ८६.३७ प्रतिशत बराबर हो।

त्यसैगरी पुँजीगत खर्चतर्फ तीन खर्ब ८० अर्ब ३८ करोड बराबर विनियोजन रहेकोमा त्यसलाई घटाएर तीन खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ। जुन शुरुआति विनियोजनको ८२.५१ प्रतिशत बराबर हो।

वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २१ करोड बराबर विनियोजन रहेकोमा त्यसलाई घटाएर दुई खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ। जुन शुरूआति विनियोजनको ९३.०५ प्रतिशत बराबर हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।