image
image

कालोसूचीमा परेको व्यक्तिले बैंकमा निक्षेप खाता पनि खोल्न नपाउने

काठमाडौँ, २९, माघ । बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा परेका व्यक्तिले कुनै पनि बैंकमा निक्षेप खाता खोलेर बचत गर्न पनि नपाउने भएका छन् । हालै जारी एकीकृत निर्देशिका मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता खोल्नु अघि सम्बन्धित व्यक्ति कालोसूचीमा परे/नपरेको सम्बन्धमा कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्नेछ । सूचना केन्द्रबाट जानकारी लिँदा लागेको शुल्क ग्राहकबाट असुल्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

‘इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको एकीन गरेर मात्र खाता खोल्नु पर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘यसवापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन ।’

यसअघिको एकीकृत निर्देशनमा कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न नपाउने व्यवस्था रहे पनि बैंकले त्यस्ता खाता खाेल्नुअघि कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्ने अनिवार्य व्यवस्था थिएन । त्यस्तै कालो सूचीमा पर्नुअघि कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ कारोबार गर्न नपाइने उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।