image
image

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौँ, १, फागुन । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा जाने नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फागुन ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय नौमुले द्धारी–३ दैलेखका स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता र दैलेख जिल्लाका अन्य स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याइएको छ । आयोजना प्रभावितले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नदिएको खण्डमा चैत ७ गतेसम्म आवेदन दिन सकिने छ ।

यस्तै वैदेशिक रोजगारीमा जानेले फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ । स्थानीय र वैदेशिक रोजगारीमा जानले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ । आयोजना प्रभावितले एनआईसी एसिया, ग्लोबल आइएमई र प्रभु बैंकको स्थानीय शाखाबाट आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।