image
image

काठमाडौं महानगरले ६ महिनामा उठायो ४ अर्ब ५६ करोड राजस्व

काठमाडौँ, १, फागुन । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ६ महिनामा ४ अर्ब ५६ करोड ६ लाख २९ हजार ७१२ रुपैयाँ २४ पैसा राजस्व संकलन गरेको छ । महानगरले चालु आवमा १० अर्ब ४ करोड १९ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

महानगरले बजेट मार्फत सम्पत्ति करमा यस वर्ष १ अर्ब रुपैयाँ प्रस्ताव गरिएको थियो । जसको ६५.२ प्रतिशत अर्थात् ६५ करोड २० लाख १० हजार ८ सय रुपैयाँ संकलन भएको राजस्व विभागले जनाएको छ । २ अर्ब ५० करोड रुपैयाँ प्रस्ताव गरिएको घर जग्गा रजिष्ट्रेसन दस्तुरको १५.५१ प्रतिशत अर्थात ३८ करोड ७८ लाख ७० हजार ८ सय रुपैयाँ संकलन भएको छ । २ अर्ब प्रस्ताव गरिएको बहाल करतर्फ १ अर्व १८ करोड १५ लाख ५१ हजार ४ सय रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ५९.०८ प्रतिशत हो ।

संघीय सरकारले हस्तक्षेप गर्दा कम उठ्यो

काठमाडौं महानगरपालिकाका राजस्व विभागका प्रमुख ध्रुब काफ्लेका अनुसार
संविधानको अनुसूची ८ मा भएको व्यवस्था बमोजिम बहाल कर स्थानीय तहको एकल अधिकारभित्र पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।