image
image

७५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौँ, २, फागुन । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको (सीआईटी) को ७५ हजार कित्ता सेयर आज फागुन २ गतेबाट बिक्रीमा राखेको छ।

बैंकले सीआईटीमा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताले बोलपत्र पेस गर्न सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७४३ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा माथि १०० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

सेयर खरिदका लागि लगानीकर्ताले काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय तथा एनआईसी एसिया बैंकको काठमाण्डौको थापाथलीस्थित कर्पोरेट कार्यालय, शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत)बाट बोलपत्र पेस गर्न सक्नेछन्। 

बोलपत्र पेस गर्ने अन्तिम दिन फागुन १० गतेसम्म तोकिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।