image
image

एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

काठमाडौँ, २, फागुन । एसियन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थपिएको छ ।

सोमबार जनयुद्ध दिवसका लागि सरकारले सार्वजनिक बिदा दिएका कारण आवेदन दिने समय एक दिन थपेको कम्पनीले जनाएको छ । आईपीओमा बुधबारसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएकामा ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ताका लागि आवेदन दिनसक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।