image
image

सिद्धार्थ बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौँ, ४, फागुन । सिद्धार्थ बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयरधनी शकुन्तलाकुमारी थापा कार्कीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ। 

उक्त सेयर गत पुस २७ गतेदेखि विद्यमान संस्थापक सेयरका लागि बिक्रीमा राखिएको थियो। तर, उक्त मितिबाट ३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेका कारण अन्य व्यक्ति तथा संस्थालाई बिक्रीका लागि राखिएको बैंकले जनाएको छ। 

इच्छुक लगानीकर्ताले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाण्डौको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

लगानीकर्ताले लिन खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन आग्रह गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।