इङवा हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति
काठमाडौँ, ४, फागुन । इङवा हाइड्रोपावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आइपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले ईङ्ग्वालाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १८ लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।
यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ ।
त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।









