image
image

सुन तोलामा ६०० रुपैयाँ घट्यो

काठमाडौँ, ४, फागुन । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ।

महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ। बुधबार सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ। जुन बुधबारको तुलनामा ५ रुपैयाँ घटेको हो। बुधबार चाँदीको कारोबार प्रति तोला १ हजार २९० रुपैयाँमा भएको थियो।

महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको मूल्य घटेर आउन थालेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको हो।

आज अन्तर्राष्ट्रीय बजारमा सुन प्रतिऔंस १८४०.७५ डलर र चाँदी प्रति औंस २१.७७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

संघका अध्यक्ष शाक्यका अनुसार केही दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आएपनि बजारमा खासै कारोबार भएको छैन।

‘केही दिनयता सुनको मूल्य निरन्तर घटिरहेपनि १ लाख रुपैयाँभन्दा बढी नै छ। सुन अझै महँगो भएकाले मूल्यकै कारण कारोबारमा कमी छ। अहिले सुन दैनिक १० किलोकै हाराहारीमा कारोबार भइरहेको छ हुन्छ,’ शाक्यले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।