image
image

५ अर्ब ९६ करोड लागतमा कालिका कालीगण्डकी जलविद्युत आयोजना बन्ने

काठमाडौँ, ४, फागुन । तनहुँ र नवलपुर (बर्दघाट सुस्ता पूर्व)मा ३८.१६ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ५ अर्ब ९६ करोडको लगानीमा कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि प्रस्ताव गरेको हो ।

यो आयोजना तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर १, ४ र ५ तथा जवलपुर (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका वडा नम्बर ३ मा रहनेछ ।

कालिगण्डकी नदीमा बन्ने आयोजनाको जडित क्षमता ३८.१६ मेगावाट रहने आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजना निर्माण हुने नदिमा मासिक रुपमा औसतमा ४०६ घनमिटर प्रति सेकेण्डको बहाब हुने तथा न्युनतम मासिक बहाव ९० घनमिटर प्रति सेकेण्ड र अधिकतम मासिक बहाव १३ सय ९४ घनमिटर प्रति सेकेण्ड रहने छ । आयोजनाअन्तर्गत ३ वटा ट्रान्सफर्मरहरु रहनेछन् ।

आयोजनाको प्रसारण लाइन १३२ केभीको सिंगल सर्किट रहनेछ भने यसको लम्बाई १० किमि रहने जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत कालिका कालिगण्डकी सब–स्टेशनबाट न्यू भरतपुर सब–स्टेशन, चितवनमा जोडिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।