image
image

आज सगरमाथा जलविद्युतको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौँ, ५, फागुन । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ११ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले यसअघि पहिलो पटक स्थानीयलाई म्याद थपेर माघ २६ गतेसम्म पुर्याइएको थियो । 

म्याद थप गरेकोमा माग अनुसारको आवेदन नपरेपछि निष्काशन अवधि पुनः थप गरेको हो । अब आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावितका लागि निष्कासन गरिने आईपीओमा ईलाम जिल्लाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक र सेञ्चुरी बैंकको ईलाम शाखा, प्राइम बैंकको मंगलबारे र बिब्लाटे शाखा, आयोजना रहेको स्थान ईलाम नगरपालिका वडा–२ सुम्बेक, गंगतेबेसी साथै प्रभु क्यापिटलबाट अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।