image
image

ओरालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ५, फागुन । फागुन महिनाको सुरुवातीदेखि नै सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ ।

माघ महिनामा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको थियो । तर, फागुन महिना सुरु भएसँगै सुनको मूल्य निरन्तर घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्कले देखाउँछ ।

महासंघअनुसार गत फागुन १ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, फागुन २ गते २ सय रुपैयाँले घटेर १ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

फागुन ३ गते पुनः २ सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, फागुन ४ गते एकै दिन ६ सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो ।

साथै, शुक्रबार पनि प्रतितोला ५ सय रुपैयाँले घटेको महासंघले जनाएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । महासंघको तथ्याङ्क हेर्दा फागुन महिनाको ५ दिनमा मात्रै सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेको छ । शुक्रबार तेजावी सुनको मूल्य १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि निरन्तर ओरालो लागेको छ । गत फागुन १ र २ गते प्रतितोला चाँदीको मूल्य १२ सय ९० रुपैयाँ कायम भएकोमा ३ गते घटेर १२ सय ९० रुपैयाँ कायम भएको थियो । साथै, फागुन ४ गते ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा आज १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।