image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ७, फागुन । नेपाल राष्ट्र बैंकले आइबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलरमा वृद्धि भएको छ भने युरोपियन युरोको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा थियो। यो मूल्य अघिल्लो कारोबारको मूल्य भन्दा १८ पैसा बढेको हो।

आइतबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ६६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ३० पैसामा काराेबार हुनेछ  यो मूल्य अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा एक रुपैयाँले घटेको छ । शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४० पैसा र बिक्रीमा १४२ रूपैयाँ ४ पैसा कायम गरिएको थियो।  

उता,  बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५८ रूपैयाँ ६२ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ २३ पैसा र बिक्रीमा ९० रूपैयाँ ६४ पैसा तोकिएको छ। अघिल्लो कारोबार भन्दा ९३ पैसाले अष्ट्रेलियन डलर घटेको छ। शुक्रबार यसको खरिदमूल्य ९१ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ९१ रूपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।

आइतबार क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३३ पैसामा काराेबार हुनेछ । 

यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रूपैयाँ ८४ पैसा र बिक्रीमा २९ रूपैयाँ ९७ पैसामा काराेबार हुनेछ । 

उता, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ १४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १० पैसा, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ४४ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।