image
image

कोरोना नियन्त्रणका लागि छ्ट्याइएको १५ अर्ब बजेट ६ महिनामा ७ लाख मात्रै खर्च

काठमाडौँ, ७, फागुन । सरकारले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि छुट्टाइएको साढे १५ अर्बमध्ये ६ महिनाको अवधिमा ७ लाख मात्रै खर्च भएको पाइएको छ ।

सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि १५ अर्ब ४७ करोड ८६ लाख रुपैयाँमध्ये ६ महिनाको अवधिमा ७ लाख ३९ हजार रुपैयाँ खर्च भएको हो । सरकारले आर्थिक वर्ष २०७५/७६ देखि चालु आवसम्ममा ७४ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइन्छ ।

त्यसमध्ये हालसम्ममा ३७ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयअनुसार सरकारले आव २०७५/७७ मा ३ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा २ अर्ब १७ करोड ९५ लाख रुपैयाँ खर्च गरेको थियो ।

त्यस्तै, आव २०७६/७७ मा १७ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा कोभिड फण्डको गरी ४२ करोड ७८ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । आव २०७७/७८ मा १६ अर्ब ५८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेकोमा १२ अर्ब ५६ करोड २२ हजार रुपैयाँ खर्च गरेको थियो भने आव २०७८/७९ मा ३८ अर्ब ९६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेकोमा २२ अर्ब २१ करोड ३४ लाख खर्च गरेको थियो । कोरोना महामारी नफैलिएपछि सरकारले बिनियोजन गरेको बजेट पनि खर्च नभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।