image
image

दोल्ती पावरको आईपीओ बिक्री खुला, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौँ, ८, फागुन । दोल्ती पावर कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । पावरले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत सेयर बिक्री गर्ने छ । कम्पनीले स्थानीयका लागि ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री गर्ने योजना बनाएको छ ।

यसमध्ये, नौमुले र कालिका गाउँपालिकाका स्थानीय वासिन्दाका लागि २ लाख ४८ हजार ३४३ कित्ता सेयर बिक्री हुनेछ । यस्तै, दैलेख जिल्लावासीका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर छुट्याइएको छ । सर्वसाधारणतर्फ छुट्याइएको सेयरको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेकालाई छुट्याइएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई १ लाख ७ हजार २९२ कित्ता सेयर विनियोजन गरेको छ । कम्पनीले दैलेखमा ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।