image
image

२३.६० अंकले झर्‍यो सेयर बजार

काठमाडौँ, ८, फागुन । सोमबार सेयर बजारको परिसूचक नेप्से २३.६० अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०४६ अंकमा कायम भएको छ ।  दिनभर १ अर्ब ९४ करोडको कारोबार भयो । कुल ३२ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ७ को स्थिर रहृयो । धेरैजसो उपसमूह ओर्लिएका छन् ।

बैंकिङ १०, विकास बैंक ३८, फाइनान्स १४, होटल तथा पर्यटन २७, जलविद्युत् २४, जीवन बीमा ८६, उत्पादन १६४, माइक्रोफाइनान्स १०५, निर्जीवन बीमा ६३, अन्य २२ अंक घटे । ब्यापार उपसमूह भने ९ अंक बढ्यो । राप्ती हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । जीवन विकास लघुवित्तको सबैभन्दा धेरै ९.५ प्रतिशत घट्यो ।

उपकार लघुवित्तको ७ र हिमालयन डिस्टिलरीको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ, जीवन विकास लघुविक्त, एनआईसी एसिया बैंक र सानिमा बैंक त्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।