image
image

बिपिडब्लु लघुवित्तको आइपीओमा वैदेशिक रोजगारीमा रहेकाले आजसम्म आवेदन दिन सक्ने

काठमाडौँ, ८, फागुन । बिपिडब्लु लघुवित्तको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज सोमबार (फागुन ८ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यस कम्पनीको आइपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई माघ २२ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३% ले हुन आउने ९७ लाख रुपैयाँको १०% अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको छ । 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ जारी गर्दैछ । सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता सेयर जारी गर्नेछ । 

सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।