image
image

ब्याजदर निर्धारण र परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा लिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ, ९, फागुन । नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जा लिन आग्रह गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन सबैलाई आग्रह गरेको हो । राष्ट्र बैंकका अनुसार ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्छ ।

निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने बैंकले जनाएको छ । केन्द्रीय बैंकले व्यक्तिगत कर्जाहरू स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको समेत जानकारी गराएको छ ।

‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।