image
image

दूधको मूल्य बढाउने तयारी

काठमाडौँ, १०, फागुन । राष्ट्रिय दुुग्ध विकास बोर्डले किसानले उत्पादन गरेका दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपैयाँ मूूल्य बढाउने प्रस्ताव बोर्डले गरेको हो ।

उद्योगी व्यवसायी, किसान प्रनिनिधि, दुुग्ध विकास संस्थान, पशुुसेवा विभाग र उपभोक्ताका प्रतिनिधिसहितको कमिटीले वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउन सिफारिस गरेको हो ।

वैज्ञानिक किसिमले अध्ययन गरेर दूधको मूूल्य प्रतिलिटर १० रुपैयाँ मूूल्य बढाउन कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ । बोर्डले एक साताअघि मन्त्रालयमा मूूल्य बढाउन प्रस्ताव पठाएको हो । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

यसअघि २०७८ माघ २८ मा सरकारले  दूधको मूूल्य बढाएको थियो । त्यति बेला प्रतिलिटर सात रुपियाँ बढाएर किसानको मूूल्य प्रतिलिटर ६० रुपियाँ पुु¥याइएको थियो । उपभोक्ता मूूल्य प्रतिलिटर ८६  रुपियाँ  कायम  गरिएको  थियो । गत पुसमा केही निजी डेरी उद्योगले आफूखुसी प्रतिलिटरमा १४ रुपियाँ मूल्य बढाएका थिए । वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउने सहमति भएपछि बढेको मूूल्य फिर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।