image
image

मेन्छियाम हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाडौँ, १०, फागुन । मेन्छियाम हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गरेको छ । जसमा आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता सेयर निष्कासन गरेको छ ।

यस्तै संखुवासभा जिल्लाका आयोजना प्रभावित क्षेत्र साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीयलाई २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रमा निष्कासन गरेको सेयर माग अनुसार आवेदन नपरेको खण्डमा चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आयोजना प्रभावितले एनआइसी एशिया, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।