image
image

बुधबार ३३.५७ अंकले बढ्यो नेप्से

 काठमाडौँ, १०, फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार दोहोरो अंकले बढेको छ ।  आज पनि नेप्से ३३.५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा बन्द भएको हो ।  

त्यस्तै, आज नेप्सेमा एक अर्ब ८० करोड ३२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४९ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९.८० अंकले बढेर प्रतिकित्ता २८८.८० रुपैयाँ पुगेको छ । त्यस्तै, छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता ३६८ रुपैयाँ पुगेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको हो ।  

आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ ।        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।