image
image

बजारमा माग कम हुँदा बढ्न सकेन आयात, माघमा सबैभन्दा कम पैठरी

काठमाडौँ, १०, फागुन । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले बजारमा माग कम हुँदा वस्तुको आयात बढ्न सकेको छैन । बजारमा अहिले तरलता अभावसँगै चर्को ब्याजदरले अधिकांश क्षेत्रको माग घटेको छ । जसको प्रभाव आयातित वस्तुमा पनि परेको छ ।

सरकारले उच्च आयातका कारण बजारमा तरलता अभाव भएको भन्दै गत वर्षको पुस र माघ महिनामा प्रतिपत्र जारी गर्दै विभिन्न ४७ वटा वस्तुमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।

नगद मार्जिनको व्यवस्थाले पनि वस्तुको आयातमा कमी नआएपछि सरकारले विलासिताको वस्तुमा प्रतिबन्ध नै गरेको थियो । सरकारले वैशाख १३ गते राजपत्रमा सूचना जारी गर्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उक्त व्यवस्था लागू गरेसँगै आयातमा कमी आएको तथ्याङ्क छ ।

सरकारले आयात प्रतिबन्धको मितिलाई विभिन्न चरणमा संशोधन गरी मंसिर मसान्तसम्म कायम गरेको थियो । तर, पुसदेखि भने सम्पूर्ण वस्तुको आयात खुला गरेको छ । सरकारले खुला गरे पनि आयातमा भने सुधार हुन नसकेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागअनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु आयात गरेको छ । नेपालले गत वर्षको सोही अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । गत वर्षको तुलनामा चालू आवको ७ महिनाको अवधिमा नेपालले १९. ९० प्रतिशतले कम आयात गरेको छ ।

त्यस्तै, सरकारको कडाइ नीतिले नै चालू आर्थिक वर्षको सुरुदेखि नै आयातमा कमी आएको सरोकारवालाहरुको दाबी छ । तर, सरकारले नीतिले मात्रै नभएर तरलता अभावले बजारमा माग नहुँदा आयात घटेको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरुका अनुसार तरलता अभावल बजारमा वस्तुको माग कम हुँदा अधिकांश क्षेत्रको वस्तुको उत्पादनमा गिरावट आएको छ । सरकारी तथ्याङ्कअनुसार बजारको माग कम हुँदा आयातमा पनि कमी आएको देखिन्छ ।

गत वर्ष नेपालले मासिक डेढ खर्ब बढीको वस्तु आयात गर्दै आएकोमा यो वर्ष १ खर्ब ३० अर्बमा सीमित भएको छ । त्यसैगरी, चालू आर्थिक वर्षको महिनामध्ये माघ महिनामा सबैभन्दा कम मूल्य बराबरको वस्तु आयात भएको तथ्यांक छ । माघ महिनामा १ खर्ब २६ अर्ब ४९ करोड ९० लाख रुपैयाँको मात्रै वस्तु आयात भएको छ ।

गत पुसमा नेपालले १ खर्ब २७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । त्यस्तै, नेपालले मंसिरमा १ खर्ब ३२ अर्ब ५ करोड ५० लाख रुपैयाँ, कात्तिकमा १खर्ब ३१ अर्ब ६९ करोड ३० लाख रुपैयाँ, असोजमा १ खर्ब २७ अर्ब ३९ करोड ६ लाख रुपैयाँ, भदौमा १ खर्ब ४२ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ र साउनमा १ खर्ब ३१ अर्ब २ करोड ६० लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

नेपालले ७ महिनाको अवधिमा १ खर्ब ५६ अर्ब ६९ करोड २६ लाख रुपैयाँको मात्रै डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ । त्यसपछि नेपालले २६ अर्ब ४२ करोड ४२ लाख रुपैयाँको कच्चा भटमासको तेल, २३ अर्ब ६६ करोड रुपैयाँको कच्चा फलाम, १८ अर्ब ४५ करोड ३५ लाख रुपैयाँको प्ल्याटिनम सुन, १७ अर्ब ७६ करोड ७९ लाख रुपैयाँको पाम तेल र १४ अर्ब ७६ करोड ८३ लाख रुपैयाँको स्मार्टफोन आयात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।