image
image

यस्तो छ आज तरकारी तथा फलफुलको बजार भाउ

काठमाडौँ, ११, फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको न्यूनतम मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अङ्गुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ३५० रुपैयाँ, अमला ७० रुपैयाँ, किवी ३५० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला १३० रुपैयाँ, तोरीको साग २५ रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदिना ३५० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ रहेको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँ केजीमा मूल्य तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।