image
image

विद्यमान सीमा हटाउदैँ अर्थमन्त्रालय

काठमाडौँ, ११, फागुन । नेपाली पुँजी बजारमा अर्थमन्त्रीका रुपमा विष्णु पौडेल आएपछि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको थियो । सो अनुसार सुरुवाती केही दिनमा बजार निकै बढेको पनि थियो । तर, विस्तारै शेयर बजार घट्न थालेपछि लगानीकर्ताहरुलाई निराश हुन नदिने उपायको खोजीमा रहेको अर्थमन्त्रालयले विद्यमान ४–१२ को वर्तमान सीमा हटाउने तयारी सुरु भएको छ ।

शेयर बजारमा ठूला लगानीकर्ताहरु मूल्य घटाउन र बढाउनमा भूमिका खेलेका हुन्छन् । उनीहरुले आफूसँग भएको शेय धितो राखी ऋण लिएर बजारमा लगानी गर्ने गर्दछन् । तर, शेयर धितोमा १२ करोडको सीमा कायमै राखेको केन्द्रीय बैंकले अब सो सीमा समेत हटाइदिने तयारी सुरु गरेको छ ।

१२ करोडको सीमाका कारण प्रभावित भएका ठूला लगानीकर्ताहरुको बाटो खुल्ने वित्तिकै पुँजि बजार बढ्न सक्ने र एउटा मार्गमा अघि बढ्न सक्ने भन्दै लगानीकर्ताहरुले १२ करोडको सीमा हटाउन माग गर्दै आएका थिए । अर्काथरी केही लगानीकर्ताहरुले भने शेयर बजार निश्चित व्यक्तीले खेलाएको भन्दै १२ करोडको सीमा कायमै राख्नुपर्ने सुझाव समेत दिइरहेका छन् ।

दुवै थरीको दवावमा परेको राष्ट्र बैंकले अब बैंकहरु आफैले जोखिम मूल्याङ्कन गरेर लगानी गर्न सक्ने भन्दै १२ करोडको सीमा हटाउन लागि परेको बुझिएको छ । सो सम्बन्धमा समीक्षा सुरु भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्रालयसँगै समन्वय गरेर यस सम्बन्धमा निर्णय हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।