image
image

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ, १२, फागुन । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु भएको छ ।

शुक्रबार मर्जर कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक राणाले नौं महिनाको लामो छलफलपछि हिमालयन र सिभिल बैंक मर्जरमा जान सफल भएको बताए ।

दुवै बैंकका लागि यो मर्जर ऐतिहासिक भएको बताए ।

अहिले अवस्थामा ठूला बैंक आवश्यक ठानेर मर्ज भएको बताए । एकीकृत भएसँगै बैंकको शाखा १८९ र २० वटा एकस्टेन्सन काउन्टर हुने छ भने कर्मचारी १९७३ जना हुनेछन् ।

हिमालयन बैंकले सिभिललाई १००:८०.२८ अनुपातमा प्राप्ति गरेको हो । मर्जरसँगै सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।

एकीकृत कारोबार भएसगै बैंकको कुल पुँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।