image
image

एसियन हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ, १४, फागुन ।एसियन हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ  आइत बार बाँडफाँट गरेको छ । यस आईपीओमा ६९ हजार ७२० जना सर्वसाधारणहरुको आनेदन गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटका अनुसार आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट गरेको हो ।

हाइड्रोपावरले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

एसियन हाईड्रोपावरको आईपिओमा कुल १४ लाख ३२ हजार २२२ जनाले आवेदन दिएकोमा ६ हजार ५०२ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

जसमा ६९ हजार ७२० जनाले मात्र सेयर हात पारेकाछन् भने बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ । हाईड्रोपावरले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि र १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । 

यस्तै, सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ४२ हजार कित्ता र २ प्रतिशत (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएको र बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । 

रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।