image
image

छुट्ला है आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिन

काठमाडौँ, १५, फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

आवेदनकर्ताले आईपीओमा आवेदन आज साँझ कार्यालय समयसम्म दिइसक्नुपर्ने छ । कम्पनीले २ करोड ३ लाख ३८ हजार रुपैयाँको २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गरेको हो । जसमा २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकेको छ ।

३ हजार ११७ कित्ता सेयर कर्मचारी, १० हजार १७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको छ ।

आईपीओमा १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।