image
image

सानिमा मिडिल तमोर हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ, १५, फागुन । सानिमा मिडिल तमोर हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमा ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ ।

यस्तै ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । फागुन २६ गतेदेखि निष्कासन गर्ने आईपीओमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त अवधिमा माग अनुसार नपरेको खण्डमा चैत १० गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले सी–आस्वा रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।