image
image

नेप्सेमा सामान्य गिरावट, १ अर्ब ८९ करोडको कारोबार

काठमाडौँ, १५, फागुन । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ३.६५ अंकले गिरावट भएर २०२३.५४ अंकमा बन्द भएको छ । सोमबार होटल तथा पर्यटन, निर्जीवन बीमा, अन्य र व्यापार उपसूचकमा वृद्धि हुँदा अरु सबै उपसूचक घटेका छन् भने कारोबार रकम पनि घटेको छ ।

होटल तथा पर्यटन उपसूचक १.३८ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६५ प्रतिशतले गिरावट भएको छ । यस्तै लघुवित्त उपसूचक ०.९८ प्रतिशतले घटेको छ । सोमबार नेप्सेमा ३७ हजार ३३८ वटा कारोबारमा ५१ लाख २० हजार ८८८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाखको कारोबार भएको छ ।

हिमालयन डिष्टिलरीको सर्वाधिक ६ करोड ६८ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ५ करोड ८ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७९ लाखको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १३५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने ७१ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.७३ प्रतिशतले वृद्धि हुँदा समालिङ पावर कम्पनीको सेयरमूल्य ९.३५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ७.९६ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।