image
image

३ महिनामा वीरगञ्ज नाकाबाट ८ अर्ब ८४ करोडको धान भित्रियो

काठमाडौँ, १६, फागुन । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जबाट चालु आर्थिक वर्ष २०७९/८० को ३ महिनामा ८ अर्ब ८४ करोड रुपैयाँ भन्दा बढीको भारतीय धान भित्रिएको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ मूल्यको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान आयात भएको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ को ३ महिनामा वीरगञ्ज नाका हुँदै ५ अर्ब ३१ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ८२ हजार ९ सय ३१ मेट्रिक टन भारतीय धान आयात भएको थियो । तुलनात्मक रुपमा गत वर्षको तुलनामा यस वर्ष वीरगन्ज नाका हुँदै ६५ हजार मेट्रिक टन बढी भारतीय धान आयात भएको छ ।

यस वर्ष मङ्सिरको पहिलो साता देखि भारतीय धान भित्रिन थालेको हो । भारतले नेपालतर्फ धान र चामलको निर्यात खुला गरेलगत्तै यो नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुँडालले जानकारी दिनुभयो ।

प्रमुख भन्सार अधिकृत चुँडालले भारतले धान चामल निकासीका लागि वीरगन्ज, भैरहवा र काँकडभिट्टा गरी नेपालका तीन वटा नाकालाई मात्र स्वीकृति दिएकाले तीन वटै नाकाबाट भारतीय धान भित्रिएको र सबैभन्दा बढी वीरगन्ज नाकाबाट धान भित्रिएको जानकारी दिनुभयो ।

वीरगञ्ज नाकाबाट विशेष गरी भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बङ्गालबाट धान चामल आयात हुने गरेको भन्सारको तथ्याङ्कले देखाएको छ ।

नेपाल चामल, दाल, तेल उद्योग संघका केन्द्रीय अध्यक्ष एवं वीरगञ्ज उद्योग वाणिज्य संघका समेत अध्यक्ष रहनुभएका डा. सुबोध गुप्ताले भारतले नेपालका लागि यस वर्ष ६ लाख मेट्रिक टन धान चामलको निर्यात फुकुवा गरेकोमा कोटा अनुसार धान चामलको आयात भइसकेपछि अहिले भारतीय धान चामलको आयात बन्द भएको जानकारी दिनुभयो ।

गत वर्ष भारतले साँढे ५ लाख मेट्रिक टन कोटा नेपाललाई दिएको थियो । यस वर्ष समयमै नेपालले धान आयात गर्न पाएपछि व्यवसायीले राहत महसुस गरेको गुप्ताले बताउनुभयो ।

भारतबाट आयातित धान र स्वदेशी उत्पादनले अब नेपालको माग पुरा हुने बताउँदै यस वर्ष धान चामल महँगो नहुने वीरगञ्जका धान चामल व्यवसायी शिवजी गुप्ताले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।