image
image

शेयर बजार झन्डै ४ अङ्कले घट्याे

काठमाडौँ, १६, फागुन । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । हिजो साेमवार साढे साढे ३ अङ्कले घटेको शेयर बजार आज झन्डै ४ अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव ८१ अङ्कले घटेर २ हजार १९ दशमलव ७३ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेकाे दिन आज २ सय ६२ वटा कम्पनीको ३९ लाख ४६ हजार कित्ता शेयर १ अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ७ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज प्रिमियर इन्सुरेन्स कम्पनी र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर सबैभन्दा धेरै झन्डै ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।