बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड
काठमाडौँ, १७, फगुन । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ ।
संस्थाले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको हो । उक्त आईपीओ फागुन १६ गते बाँडफाँड गरिएको संस्थाले जनाएको छ । संस्थाको अनुसार सर्वसाधारणका लागि निष्काशन गर्न लागेको ९७ हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई माघ २२ गतेदेखि निष्कासन गरिएको थियो ।
रितपुर्वक आवेदन दिने १५ हजार ९१८ जना आवेदक मध्यहरुबाट गोलाप्रथाद्धारा ९ सय ७० जना आवेदकलाई समान १० कित्ताका दरले ९ हजार ७०० कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओको हेर्न सिडीएसले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएको वेबसाइट तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडको वेबसाइटबाट सहिनेछ ।









