image
image

सेयर बजार दोहाेरो अंकले घट्यो, १९९५ विन्दुमा झर्‍यो नेप्से

काठमाडौँ, १७, फगुन । साताको चौथो दिनकाे सेयर बजार कारोबा दाेहाेराे अंकले घटेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ।त्यस्तै, कारोबारको आधारमा अपर तामाकोशी हाईड्रोपावर शीर्ष स्थानमा छ। जसको आज ८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिबम सिमेन्ट र तेस्रोमा हिमालय डिस्टिलरीको रहेको छ।

बुधबारको कारोबारमा सबै उपसुचकहरु उपसुचक घटेको छ। सबैभन्दा धेरै निर्माण प्रशोधन र माईक्रो फाइनन्सको २ प्रतिशतले कारोबार रकम घटेको छ । आजको कारोबारमा आदर्श लघुवित्त वित्तिय संस्थाको सेयर भाउ १० प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।