image
image

बैंकिङ प्रणालीमा २० अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाडौँ, १८, फागुन । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्न लागेको छ ।

केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव कम गर्न भन्दै २० अर्बको रिपो जारी गर्न लागेको हो ।

रिपोको आज बोलकबोल हुनेछ । आजै ३ बजेसमम रिपो लिन चाहने बैंक तथा वित्तीय संस्थाले बिडिङ गर्नुपर्नेछ । यसको समय १४ दिनको रहेको छ ।

रिपो चैत २ गते परिपक्क हुनेछ । यसमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकले अल्पकालीन अवधिका लागि तरलता प्रवाह गर्न रिपो जारी गर्ने गरेको छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।