image
image

२६ अंकले घट्यो नेप्से, १ अर्ब ३४ करोडको कारोबार

काठमाडौँ, १८, फागुन । सातको अन्तिम कारोबार दिन पनि सेयर बजारमा घट्न क्रमले निरन्तरता पाएको छ । बुधबार २ महिनापछि २ हजारबाट तल झरेको नेप्से बिहीबार पनि १.३३ प्रतिशतले गिरावट भएको छ । बजार परिसूचक नेप्से २६.४८ अंकले गिरावट हुँदा १९६९.०१ अंकमा बन्द भएको छ भने सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक सर्वाधिक २.६४ प्रतिशतले गिरावट भएको छ भने व्यापार उपसूचक पनि २.३२ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्सेमा २८ हजार ५०० कारोबारमा ३६ लाख ५७ हजार १५४ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ३३ करोड ६३ लाखको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड १३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ३ लाख र एनआईशी एशिया बैंकको ४ करोड ३७ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ । कारोबार भएकामध्ये बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य ४.२९ प्रतिशतले वृद्धि हुँदा युनिक नेपाल लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशत र बोटलर्स नेपाल तराईको सेयरमूल्य ३.९१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ७ प्रतिशतले गिरावट हुँदा स्वाभीमान लघुवित्तको सेयरमूल्य ५.८० प्रतिशत र नाडेप लघुवित्तको सेयरमूल्य ५.७४ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।