image
image

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो?

काठमाडौँ, १९, फागुन । साताको अन्तिम दिन सुनचाँदीको मूल्य सामान्य घटेको छ। शुक्रवार सुन तोलामा १०० र चाँदी ५ रुपैयाँले घटेको हो।

शुक्रवारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिनको तुलनामा ३०० बढ्दा बिहीवार प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ भएको छ। बिहीवार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा स्थानीय बजारमा भने घटेको छ। शुक्रवार सुन प्रतिऔंस १८३८.६३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१ डलर छ।

बिहिवार सुन प्रतिऔंस १८३४.२१ डलर र चाँदी २०.५ डलर थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।